सुभ अधिकारी ट्राभलल्सको लक्जरी बस सेवा शुभारम्भ, ६ करोडभन्दा बढी लगानीमा बस सञ्चालन

  • कालिका खवर
  • बिहिबार, भदौ ४, २०८३
  • काठमाडौं । सुभ अधिकारी ट्राभलल्स प्रा. लिले ६ करोड रुपैयाँभन्दा बढी लगानीमा लक्जरी बस सेवा सञ्चालनमा ल्याएको छ। काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच कम्पनीले आफ्नो लक्जरी बस सेवाको शुभारम्भ गरेको हो।

    कार्यक्रमको अध्यक्षता सुभ अधिकारी ट्राभलल्स प्रा. लिका अध्यक्ष टिकाराम अधिकारीले गरेका थिए। कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष बिजय बहादुर स्वार प्रमुख अतिथिका रूपमा सहभागी थिए। महासंघका वरिष्ठ उपाध्यक्ष भरत तिमिल्सिना तथा जगदम्बा ट्राभल्सका अध्यक्ष केशव अधिकारी अतिथिका रूपमा उपस्थित थिए।

    सुभ अधिकारी ट्राभलल्स प्रा. लिको स्थापना २०५५ सालमा भएको हो। लामो समयदेखि यातायात क्षेत्रमा सेवा दिँदै आएको कम्पनीले यात्रुलाई थप सुरक्षित, आरामदायी र गुणस्तरीय यात्रा सेवा प्रदान गर्ने उद्देश्यले लक्जरी बस सञ्चालनमा ल्याएको जनाएको छ।

    कार्यक्रमका क्रममा कम्पनीको काठमाडौं कार्यालय प्रमुख उमेश खड्कालाई उनको योगदानको कदर गर्दै सम्मानसमेत गरिएको थियो।

    प्रमुख अतिथि तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष बिजय बहादुर स्वारले यातायात क्षेत्रमा समयअनुकूल सेवा विस्तार आवश्यक रहेको बताए। उनले भने, “यात्रुको अपेक्षा र आवश्यकता परिवर्तन हुँदै गएको अवस्थामा यातायात व्यवसायीले पनि सेवा, सुविधा र सुरक्षामा नयाँपन ल्याउनुपर्छ। सुभ अधिकारी ट्राभलल्सले गरेको यो लगानीले सार्वजनिक यातायात क्षेत्रमा गुणस्तरीय सेवा विस्तारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास लिएको छु।”

     

    जगदम्बा ट्राभल्सका अध्यक्ष केशव अधिकारीले यातायात व्यवसायमा प्रतिस्पर्धासँगै सहकार्य र गुणस्तरीय सेवाको आवश्यकता रहेको बताए। उनले भने, “यातायात क्षेत्रमा नयाँ प्रविधि र आधुनिक सेवाको प्रयोग बढाउनुपर्छ। सुभ अधिकारी ट्राभलल्सले ठूलो लगानी गरेर लक्जरी बस सञ्चालनमा ल्याउनु व्यवसायप्रतिको विश्वास र प्रतिबद्धताको उदाहरण हो।”

    सुभ अधिकारी ट्राभलल्स प्रा. लिका अध्यक्ष टिकाराम अधिकारीले यात्रुको सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर लक्जरी बस सेवा सञ्चालनमा ल्याइएको बताए। उनले भने, “२०५५ सालदेखि यातायात क्षेत्रमा सेवा दिँदै आएका छौं। समयसँगै यात्रुको आवश्यकता र अपेक्षा पनि परिवर्तन भएको छ। त्यसैले ६ करोड रुपैयाँभन्दा बढी लगानी गरेर आधुनिक लक्जरी बस सेवा सञ्चालनमा ल्याएका हौं। यात्रुलाई सुरक्षित, भरपर्दो, आरामदायी र गुणस्तरीय सेवा दिनु हाम्रो मुख्य उद्देश्य हो।”

    कम्पनीले आगामी दिनमा पनि यात्रुको आवश्यकता र बजारको मागअनुसार सेवा विस्तार गर्दै लैजाने जनाएको छ। लक्जरी बस सेवाको शुभारम्भसँगै सुभ अधिकारी ट्राभलल्सले आफ्नो यात्रु सेवा अझ व्यवस्थित र आधुनिक बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar