सर्कल अफ केयरद्वारा ट्राफिक प्रहरीलाई पानी डिस्पेन्सर हस्तान्तरण

  • कालिका खवर
  • बुधबार, जेष्ठ २०, २०८३
  • विरगंज । सामाजिक उत्तरदायित्वमा सक्रिय संस्था सर्कल अफ केयर (Circle of Care) ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक थान पानी डिस्पेन्सर सहयोग गरेको छ।

    कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच सर्कल अफ केयरका पदाधिकारीहरूले ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिलाई उक्त डिस्पेन्सर औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

    सडकमा दिनरात खटिने ट्राफिक प्रहरी कर्मचारी तथा कार्यालयमा सेवा लिन आउने सर्वसाधारणलाई स्वच्छ तथा सुरक्षित खानेपानीको सहज पहुँच उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ।

    कार्यक्रममा बोल्दै संस्थाका प्रतिनिधिहरूले समुदाय र सेवामुखी संस्थाबीचको सहकार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उक्त कार्यक्रममा नरेश भंसाली, दिलिप कार्की लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले सर्कल अफ केयरको सामाजिक कार्यको प्रशंसा गर्दै यस्ता सहयोगले सेवाग्राही र सुरक्षाकर्मी दुवैलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar