इरानले हान्यो कुवेत र बहराइनमा मिसाइल

  • कालिका खवर
  • बुधबार, जेष्ठ २०, २०८३
  • काठमाडौं : अमेरिका र इरानबीच जारी युद्धविरामबीच तनाव सुरू भएको छ । युद्ध अन्त्यबारे वार्ता जारी भइरहेका बेला दुई देशले एक अर्कामाथि हमला गरेको खबरहरु सार्वजनिक भएका छन् ।

    बुधबार अमेरिकाले हर्मुज नजिकै केशम टापुमा हमला गरेपछि इरानले कुवेत र बहराइनमा रहेको अमेरिकी सैन्य अड्डालाई लक्ष्य बनाएर हमला गरेको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले जनाएको छ ।

    अमेरिकी सेनाको केन्द्रीय कमान्डले आत्मरक्षाका लागि केश्म टापुस्थित एक इरानी सैन्य ‘ग्राउन्ड कन्ट्रोल स्टेसन’ मा आक्रमण गरेको जनाएको छ । उक्त स्थानमा नुनिलो पानीलाई पिउन योग्य बनाउने प्लान्ट रहेको बताइएको छ ।

    अल जजिराले भने इस्लामिक रिभोलुसनरी गार्ड कोर्सलाई उद्धृत गर्दै अमेरिकी सेनाले होर्मुज नजिक एउटा इरानी तेल ट्यांकरमाथि आक्रमण गरी इन्जिन कक्षमा क्षति पु¥याएपछि तनाव बढेको जनाएको छ । त्यसपछि इरानले अमेरिकी–इजरायली जहाजमाथि नौसैनिक मिसाइल प्रहार गरेको थियो ।

    त्यसलगत्तै अमेरिकी सेनाले केश्म टापुको दक्षिण क्षेत्रमा रहेको आईआरजीसीको सञ्चार टावरलाई निशाना बनाएको र त्यसको प्रतिक्रियामा इरानले मिसाइल तथा ड्रोनमार्फत अमेरिकी सैन्य अड्डा, बहराइनस्थित अमेरिकी फिफ्थ फ्लिटको मुख्यालय र कम्तिमा एउटा हेलिकप्टरमाथि आक्रमण गरेको दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar