सोनापुर मिनरलले २४ करोड बक्यौतामध्ये पहिलो किस्ता तिरेपछि विद्युत् लाइन पुनः जडान

  • कालिका खवर
  • बुधबार, कार्तिक २६, २०८२
  • काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रालिले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ ।

    कुल २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको कम्पनीले उक्त रकमलाई २८ किस्तामा विभाजन गरी भुक्तानी गर्ने सहमति गरेको हो । यसअनुसार, कम्पनीले पहिलो किस्ताका रूपमा ८६ लाख ३० हजार रुपैयाँ बुझाएको छ ।

    पहिलो किस्ता तिरेसँगै गत ७ कात्तिकमा विच्छेद गरिएको विद्युत् लाइन मंगलबार साँझ पुनः जडान गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेको थियो । उक्त अवधिको प्रिमियम महसुल नतिरेका कारण कम्पनीको लाइन काटिएको थियो ।

    विद्युत् महसुल बक्यौता भुक्तानीसँगै कम्पनीको उत्पादन कार्य पुनः सहज रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar