सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

  • कालिका खवर
  • मङ्लबार, असार २, २०८३
  • काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५ विन्दुमा पुगेर बन्द भएको छ। आज बजार सुरुवाती समयदेखि नै ओरालो लाग्ने क्रम देखिएको थियो।

    ​बजार परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक नै देखिएको छ। आज दिनभरिमा कुल ३५५ वटा स्क्रिप्सको कारोबारमा १ करोड ७ लाख ८ हजार ५ सय ९६ कित्ता सेयर खरिदबिक्री भएका छन्।

    जसबाट कुल ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँ १२ पैसा बराबरको कारोबार भएको छ। आज कारोबार भएका कम्पनीहरूमध्ये ८० वटा कम्पनीको मूल्य बढ्दा १७७ वटा कम्पनीको मूल्य घटेको छ भने १५ वटा कम्पनीको मूल्य यथावत रहेको छ।

    ​आज कारोबार भएका कुल १३ उपसूचकहरूमध्ये ११ वटा उपसूचक नकारात्मक देखिएका छन्। व्यापार र म्युचुअल फन्ड उपसूचक मात्र बढेका छन्।

    ​आज सबैभन्दा धेरै नाफा कमाउनेमा सोपान फर्मास्युटिकल्स अग्रस्थानमा रह्यो, जसको सेयर मूल्य १५ प्रतिशत बढेको छ। त्यस्तै, एपोलो हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशतले वृद्धि भएको छ।

    ​अर्कोतर्फ, बढी गुमाउने कम्पनीहरूमा सयपत्री हाइड्रोपावर को सेयर मूल्यमा ४.९० प्रतिशत र युनिक नेपाल लघुवित्त वित्तीय संस्था को मूल्यमा ४.०३ प्रतिशतको गिरावट आएको छ।

    ​आज कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहन सफल भयो। उक्त कम्पनीको ३१ करोड ९९ लाख ४५ हजार ९५ रुपैयाँ बराबरको सेयर कारोबार भयो। यसैगरी सिद्धार्थ बैंक १८ करोड २७ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्स १५ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar