सोलु हाइड्रोपावरको वैदेशिक रोजगारीका नेपालीका लागि आइपिओमा आवेदन दिने आज अन्तिम दिन

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिन आज मङ्सिर १० गते अन्तिम दिन रहेको छ।

    कम्पनीले श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूलाई मङ्सिर ७ गतेदेखि कुल १० लाख कित्ता सेयर निष्काशन गरेको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। उक्त आईपीओको बिक्री व्यवस्थापन नबिल इन्भेष्टमेन्ट ले गरेको छ।

    नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। प्राप्त स्वीकृतिअनुसार कम्पनीलाई २ अर्ब बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्ने अनुमति छ।

    कम्पनीले सोलुखुम्बुमा निर्माण गरेको ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना सम्पन्न गरी २०८२ साउन २४ गतेदेखि व्यावसायिक उत्पादन थालेको छ। आयोजनाको कुल अनुमानित लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ, प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत् अनुमतिपत्र २५ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.६८ वर्ष र डिस्काउन्टेड पेब्याक अवधि १२.०९ वर्ष रहेको छ।

    कम्पनीको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल ले संयुक्त रूपमा गर्नेछन्। पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली तथा आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्नेका लागि सेयर जारी भइसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ खुला गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar