सनराइज होल्डिङ्गस्ले २४ लाख कित्ता सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त

  • कालिका खवर
  • मङ्लबार, भदौ १७, २०८२
  • काठमाडौं । सनराइज होल्डिङ्गस्ले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ ।

    कम्पनीले रु.१०० अंकित दरका २४ लाख कित्ता २४ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन गर्न लागेको हो ।

    कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास सिलवालले हस्ताक्षर गरे ।

    सनराइज होल्डिङ्गस् २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ । निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि शेयर निष्काशन गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar