सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न

  • कालिका खवर
  • सोमवार, साउन १८, २०८३
  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको उत्कृष्ट कार्यसम्पादनको सम्मानस्वरूप आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम काठमाडौंमा भव्य रुपमा सम्पन्न गरेको छ ।

    कम्पनीका अनुसार एक हजारभन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा छनोट भएका सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो । कार्यक्रमभर उत्साह, सम्मान, आत्मगौरव र सफलताको भावनाले भरिएको वातावरण देखिएको थियो ।

    कार्यक्रमको औपचारिक शुभारम्भ कम्पनीको नयाँ आई–सोलुसन प्रणाली सफ्टवेयर ‘भर्सन नेक्स्ट’ को शुभारम्भसँगै गरिएको थियो । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्यहरू तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा ‘भर्सन नेक्स्ट’को उद्घाटन गर्दै कम्पनीको डिजिटल रूपान्तरणतर्फको नयाँ यात्राको शुभारम्भ गरेका थिए । आधुनिक प्रविधिमा आधारित यस प्रणालीले कम्पनीको सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो, सुरक्षित तथा ग्राहकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो । यस अवसरमा कम्पनीले प्रविधिमैत्री, नवप्रवर्तनमुखी तथा भविष्य उन्मुख संस्थाको रूपमा आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याएको थियो ।

    कार्यक्रमको विशेष आकर्षणका रूपमा ह्युमानोइड रोबोट तथा रोबोटिक डग प्रस्तुत गरिएका थिए । ह्युमानोइड रोबोटले प्रेरणादायी तथा सूचनामूलक हास्यरस मिश्रित सम्बोधन गर्दै सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो । आधुनिक प्रविधि र नवप्रवर्तनलाई कार्यक्रमसँग जोड्ने कम्पनीको प्रयास सहभागीहरूले अत्यन्त रुचाएका थिए ।

    हास्य कलाकार सुन्दर खनालले आफ्नो उत्कृष्ट प्रस्तुतिमार्फत सम्पूर्ण हललाई हाँसोले गुञ्जायमान बनाएका थिए भने कम्पनीका ब्राण्ड एम्बेसडर, नेपाली हास्यव्यंग्यका महान् व्यक्तित्व हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो । उनीहरूको मनोरञ्जनात्मक प्रस्तुतिले सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।

    कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा प्रमुख बजार अधिकृत भूषण रिमालले सम्बोधन गर्दै कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन सहभागीहरूलाई प्रेरित गरेका थिए । उनीहरूले सिटिजन लाइफलाई अझ सशक्त, दिगो र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन सबैलाई एकजुट भएर कार्य गर्न आग्रह गरे ।

    कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

    यस अवसरमा बुटवल शाखाले प्रथम बीमा शुल्क संकलनतर्फ देशभरकै उत्कृष्ट शाखाको उपाधि हासिल गर्‍यो । भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर घोषित हुँदै बीमा शुल्क संकलनका आधारमा प्रथम स्थान हासिल गरे । नितेश श्रेष्ठ प्रथम बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट सिटिजन लिडर बन्न सफल भए ।

    यस्तै, गीता पौडेलले सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ताका रूपमा प्रथम स्थान हासिल गरिन् । दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्तीतर्फ प्रथम भए ।

    कार्यक्रममा विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतिहरूले थप रौनकता प्रदान गरेका थिए ।

    सहभागीहरूले सम्मान, मनोरञ्जन, प्रेरणा र प्रविधिको अद्वितीय संयोजन अनुभव गरेका थिए । सम्पूर्ण कार्यक्रम उच्चस्तरीय व्यवस्थापन, अनुशासित सञ्चालन तथा आकर्षक प्रस्तुतीकरणका कारण सहभागीहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।

    सिटिजन लाइफले यस्ता सम्मान कार्यक्रमहरूमार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडरहरूलाई थप प्रेरित गर्दै बीमा सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा संस्थागत उत्कृष्टतालाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar