सिटी एक्सप्रेस मनि ट्रान्सफरले सुरु गर्यो “यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख” उपहार योजना

  • कालिका खवर
  • सोमवार, भदौ १६, २०८२
  • काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले समस्त नेपालीहरूको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूसँग पर्वको खुशी साट्न “यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख” उपहार योजना घोषणा गरेको छ। यो योजना लगातार ९ हप्ता चल्नेछ।

    उक्त कार्यक्रममा चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको पनि उपस्थिती रहेको थियो।

    यस उपहार योजनाअन्तर्गत हरेक हप्ता लकी ड्र मार्फत एक जनालाई रु १ लाख र प्रत्येक दिन सबै ग्राहकलाई सिटी पे मार्फत क्यासब्याक प्रदान गरिनेछ।

    कम्पनीका अनुसार यो अफर भाद्र १६ देखि कार्तिक १५ सम्म लागू हुनेछ। यस अवधिभर विदेशबाट पैसा पठाउने सम्पूर्ण ग्राहकहरू स्वचालित रूपमा योजना अन्तर्गत सहभागी हुनेछन्। विजेताको छनोट विद्युतीय प्रणालीमार्फत पारदर्शी रूपमा गरिनेछ र योजना सिटी एक्सप्रेसका कुनै पनि कर्मचारीमाथि लागु हुने छैन।

    सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत १९ वर्षदेखि संसारभरबाट नेपालीहरूलाई भरपर्दो विप्रेषण सेवा प्रदान गर्दै आएको छ। हालै कम्पनीले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ, जसबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar