सिरहाबाट २२० किलो गाँजा बरामद

  • कालिका खवर
  • शुक्रबार, अशोज २४, २०८२
  • सर्लाही, २४ असोज । सशस्त्र प्रहरी बल गुल्म इनर्वा सिरहाले सिरहाको बलानखोला क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । गएराति जिल्लाको भागवनपुर गाउँपालिका–२ स्थित बलान खोलानजिक कासघारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा प्रहरीले करिब २ सय २० किलो गाँजा फेला पारेको हो ।

    सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा नौवटा बोरामा लुकाइएको गाँजा बरामद गरेको बताइएको छ । बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar