हुम्लामा जिप दुर्घटना, ४ जना घाइते

  • कालिका खवर
  • बुधबार, असार १०, २०८३
  • हुम्ला ।  हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार सिमकोट गाउँपालिका–७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडक खण्डमा कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।

    दुर्घटनामा जिप चालक जिल्ला सुर्खेत बराहताल गाउँपालिका ७ बस्ने २८ वर्षीय रमेश सिजापति, जिल्ला हुम्ला सिमकोट गाउँपालिका ७ ताङलाथुङ बस्ने २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगसरा शाही र ४० वर्षीय गोकुल शाही घाइते भएका छन् ।

    घाइतेहरूलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल सिमकोट पठाइएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar