वीरगञ्ज महानगरपालिकाद्वारा ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक

  • कालिका खवर
  • बुधबार, असार १०, २०८३
  • वीरगञ्ज, असार १०। वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। महानगरले समग्र नगर विकास, सेवा प्रवाहको विस्तार तथा नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरेको जनाएको छ।

    सार्वजनिक गरिएको बजेटमा पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, सडक तथा नाला निर्माण, वातावरण संरक्षण, कृषि, युवा तथा खेलकुद, डिजिटल सेवा प्रवाह तथा सुशासनका क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ। महानगरका अनुसार नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित विभिन्न विकास तथा जनमुखी कार्यक्रमहरू सञ्चालन गरिनेछ।

    यो बजेट गत आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको हो। आर्थिक वर्ष २०८२/०८३ मा महानगरपालिकाले करिब ३ अर्ब २२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो। बढ्दो शहरीकरण, विकास निर्माणका आवश्यकता तथा सार्वजनिक सेवा विस्तारलाई ध्यानमा राख्दै बजेटको आकार बढाइएको महानगरले जनाएको छ।

    महानगरपालिकाले बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्व वृद्धि, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट तथा अन्य स्रोतलाई प्रमुख आधार बनाएको जानकारी दिएको छ। महानगरले प्रस्तुत गरेको बजेटले वीरगञ्जको दिगो विकास, आधुनिक शहरी व्यवस्थापन तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar