सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना

  • कालिका खवर
  • बिहिबार, बैशाख २४, २०८३
  • सिन्धुली । सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना भएको छ । दुधौली नगरपालिका–१ मा बेहुलासहित जन्ती बोकेर उदयपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ च ८२०२ नम्बरको डबल क्याप बोलेरो दुर्घटना हुँदा पाँचजना घाइते भएका हुन् । गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए। बेहुला भने सकुशल छन् ।

    घाइते हुनेमा सिन्धुलीको फिक्कल गाउँपालिका-१ का ४५ वर्षीय योगबहादुर खत्री, ६० वर्षीय लालबहादुर विक, ६० वर्षकै साने विक, ४० वर्षीय सोमबार नेपाली र सिन्धुलीको तीनपाटन-१ का २१ वर्षीय श्याम दुराल रहेका छन्। घाइतेमध्ये योगबहादुर खत्रीको अवस्था मध्यम छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar