डा. ल्हारक्याल लामाद्वारा भ्रामक समाचारप्रति आपत्ति, ५० अर्ब सम्पत्ति दाबी प्रमाणित गर्न चुनौती

  • कालिका खवर
  • बिहिबार, बैशाख २४, २०८३
  • काठमाडौं । ल्हारक्याल लामा ले आफूविरुद्ध नियोजित रूपमा भ्रामक समाचार प्रकाशित गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। प्रेस विज्ञप्ति जारी गर्दै उनले केही अनलाइन मिडियामा आफ्नो ५० अर्बभन्दा बढीको सम्पत्ति रहेको भनेर प्रकाशित समाचार कपोलकल्पित र असत्य भएको बताएका हुन्।

    विज्ञप्तिमा उनले आफ्नो नाममा ५० अर्ब रुपैयाँ बराबरको सम्पत्ति रहेको प्रमाण सार्वजनिक गर्न सम्बन्धित पक्षलाई चुनौती दिएका छन्। “यदि मेरो नाममा त्यस्तो सम्पत्ति प्रमाणित हुन्छ भने त्यसलाई तत्काल राष्ट्रियकरण गर्न म राज्यलाई चुनौती दिन्छु,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

    लामाले आफ्नो सम्पत्ति र बैंक लकरमा गोली भेटिएको पुरानो विषयलाई फेरि उठाइएकोप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। ती विषय अदालतबाट अन्तिम रूपमा टुंगो लागिसकेको भन्दै अदालतले सफाइ दिइसकेका विषयलाई पुनः उछालेर ‘मिडिया ट्रायल’ गरिएको उनको आरोप छ।

    लुम्बिनी विकास कोष मा करिब तीन वर्ष उपाध्यक्षका रूपमा काम गर्दा आफूले राज्यबाट कुनै सेवा–सुविधा, तलब वा भत्ता नलिएको तथा आफ्नै खर्चमा काम गरेको उनले दाबी गरेका छन्।

    त्यस्तै, दोहोरो नागरिकता र राहदानी सम्बन्धी आरोपलाई समेत आधारहीन भन्दै उनले सम्बन्धित सञ्चारमाध्यमलाई समाचार सच्याएर तत्काल खण्डन प्रकाशित गर्न आग्रह गरेका छन्। अन्यथा, मानहानि लगायतका कानुनी प्रक्रिया अघि बढाउने चेतावनी पनि उनले दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar