सांग्रिला विकास बैंकको सिइओमा रबिन सिजापति नियुक्त

  • कालिका खवर
  • शुक्रबार, भदौ १९, २०८३
  • काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रबिन सिजापति नियुक्त भएका छन्।

    आज बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले सिजापतिलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो। यसअघिका सीईओ सुयोग श्रेष्ठको कार्यकाल बिहीबार समाप्त भएपछि बैंकले नयाँ नेतृत्व चयन गरेको हो।

    नवनियुक्त सीईओ सिजापतिलाई बैंकको उच्च व्यवस्थापन टोलीले शुक्रबार नै बैंकको कार्यालयमा स्वागत गरेको छ।

    सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा वरिष्ठ नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए। एनआईएमबीमा डेपुटी सीईओ सरहको जिम्मेवारीमा रहेका उनले असार मसान्तदेखि लागू हुने गरी उक्त पदबाट राजीनामा दिएका थिए।

    सिजापति सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकहरूमध्ये पनि एक हुन्। आफूले लगानी गरेर स्थापना गरेको बैंकको व्यवस्थापकीय नेतृत्व अब उनले आगामी चार वर्षसम्म सम्हाल्ने भएका छन्।

    बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका सिजापतिको नेतृत्वमा सांग्रिला डेभलपमेन्ट बैंकले आगामी दिनमा आफ्नो व्यवसाय विस्तार तथा संस्थागत सुदृढीकरणलाई थप गति दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar