लागुऔषधसहित दुई जना पक्राउ

  • कालिका खवर
  • बिहिबार, बैशाख २४, २०८३
  • काठमाडौँ : नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१३ लालापुरबाट खेरो हेरोइनसहित सोही उपमहानगरपालिका–२२ का ३४ वर्षीय अलताब किङगरीया बुधबार अपराह्न पक्राउ परेका हुन् ।

    यसैगरी, तनहुँको व्यास नगरपालिका–२ उत्तरशीलाका २९ वर्षीय पूर्णबहादुर थापालाई गाँजासहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा करिब एक किलो गाँजा फेला पारेको थियो हो । उनी पनि बुधबार अपराह्न पक्राउ परेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar