सीजी ब्रुअरीले ल्यायो नयाँ प्रिमियम बियर ‘ठमेल’

  • कालिका खवर
  • शुक्रबार, अशोज २, २०८३
  • काठमाडौं । सीजी ब्रुअरीले नेपाली बजारमा नयाँ प्रिमियम बियर ‘ठमेल’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ‘ठमेल’ ड्राइ हपिङ प्रविधिबाट तयार गरिएको बियर हो।

    ड्राइ हपिङ प्रक्रियामा फर्मेन्टेसनपछि हप्स थपिन्छ। यस प्रक्रियाले बियरमा फ्लोरल तथा सिट्रस सुगन्ध थप्नुका साथै तीतोपनलाई कम राख्न सहयोग गर्ने कम्पनीको दाबी छ। ‘ठमेल’लाई क्रिस्पी स्वाद र क्लिन फिनिस भएको लागरका रूपमा प्रस्तुत गरिएको छ।

    नयाँ बियरको नाम तथा प्याकेजिङ काठमाडौंको प्रमुख पर्यटकीय एवं ‘नाइट लाइफ’ गन्तव्य ठमेलबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। ठमेल बियरका प्रमुख कार्यकारी अधिकृत वैभव शर्माले ठमेलको वातावरण, ऊर्जा र अनुभवलाई बियरमार्फत प्रस्तुत गर्ने उद्देश्यले नयाँ उत्पादन बजारमा ल्याइएको बताए।

    ‘ठमेल’ ६५० मिलिलिटर र ३३० मिलिलिटरका बोतलमा उपलब्ध छ। कम्पनीले ६५० मिलिलिटरको मूल्य ४५० रुपैयाँ र ३३० मिलिलिटरको मूल्य २३० रुपैयाँ तोकेको छ।

    कम्पनीका अनुसार ‘ठमेल’ हाल काठमाडौं, पोखरा, बुटवल, भैरहवा र धरानका चयनित आउटलेटमा उपलब्ध छ। आगामी दिनमा देशभर बजार विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar