‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक, दुई लाखदेखि छ लाखसम्मको बीमा सुविधा

  • कालिका खवर
  • आइतवार, कार्तिक १६, २०८२
  • काठमाडौं । नेपाली स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक गरिएको छ। डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र निर्जीवन बीमा प्रदायक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा यो बीमा योजना ल्याइएको हो।

    यो योजना ५ वर्षदेखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि उपलब्ध हुनेछ। सहारा हेल्थ इन्स्योरेन्स अन्तर्गत बीमितले अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्चदेखि दुर्घटना उपचारसम्मको सुविधा प्राप्त गर्न सक्नेछन्।

    यस बीमा योजनामा २ लाख, ३ लाख र ६ लाख रुपैयाँसम्मका तीन विकल्प उपलब्ध छन्, जसको प्रारम्भिक प्रिमियम मात्र रु १,३९९ बाट सुरु हुन्छ। बीमितले नेपालभरका मान्यता प्राप्त अस्पतालहरूमा उपचार गराएर क्यास रिइम्बर्समेन्ट सुविधा पाउन सक्छन्। साथै, शिखर इन्स्योरेन्सका २६ वटा नेटवर्क अस्पतालमा भने क्यासलेस सेवा उपलब्ध गराइएको छ।

    यस योजनामा एक पटकको निःशुल्क टेलिहेल्थ सल्लाह सेवा समेत समावेश गरिएको छ, जसले बीमितलाई स्वास्थ्यसम्बन्धी परामर्श पाउन सजिलो बनाउँछ।

    ग्राहकहरूले कुछ मिनेटमै इसेवा एपमार्फत पूर्ण रूपमा डिजिटल प्रक्रिया अपनाई बीमा खरिद गर्न सक्नेछन्। केही सरल चरणहरू पूरा गरेपछि बीमा पोलिसी तुरुन्तै एसएमएस र इमेलमार्फत प्राप्त हुन्छ, जसले यस बीमा योजनालाई छरितो र सहज बनाउँछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar