सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा २२.३७ प्रतिशतले घट्यो

  • कालिका खवर
  • शनिबार, साउन ३०, २०८३
  • काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन र खुद नाफामा गिरावट आएको छ।

    समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ७६ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष ५ अर्ब ७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीको यो रकम ४.९१ प्रतिशतले कम हो।

    यता, कम्पनीको खुद बीमाशुल्क आर्जन भने १०.७१ प्रतिशतले बढेर २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    तर, कम्पनीको खुद नाफामा भने उल्लेख्य गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीले ३१ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४० करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीको नाफा २२.३७ प्रतिशतले घटेको हो।

    समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत २ अर्ब ४२ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्ष यस्तो खर्च २ अर्ब ८९ करोड ४१ लाख रुपैयाँ रहेको थियो।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ९४ पैसा र प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ७२ पैसा रहेको छ।
    २ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडामा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २४ करोड ४७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३४ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३३ करोड ७५ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar