सेयर बजारमा सामान्य गिरावट, साढे ३ अर्बको कारोबार

  • कालिका खवर
  • बिहिबार, मंसिर २५, २०८२
  • काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक १.६६ अङ्कले घटेर २ हजार ६०७.३७ विन्दुमा बन्द भएको हो । यो अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशतको गिरावट हो ।

    आज नेप्सेमा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस दिन ३२६ कम्पनीका ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ६९ हजार ७२९ पटक किनबेच भएका छन् । कारोबारमा आएका कम्पनीहरूमध्ये ९८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको मूल्य घटेको छ ।

    ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । आज सर्वाधिक कमाउने कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल रहेका छन् । स्वस्तिक सेयर मूल्य १० प्रतिशतले र एसवाई प्यानलको ९.९८ प्रतिशतले बढेको छ ।

    कारोबार रकमका आधारमा आज ङादी पावर अग्रस्थानमा रहेको छ। यसको १८ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, साहस ऊर्जाको लागि १२ करोड ३५ लाख रुपैयाँको कारोबार हुँदा अन्य स्क्रिपको कारोबार १० करोडभन्दा कम छ । समग्रमा बजार पूँजीकरण ४३ खर्ब ७७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar