साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

  • कालिका खवर
  • सोमवार, साउन ४, २०८३
  • काठमाडौं । साउन महिनाको पहिलो सोमबार भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ ।

    बिहान सबेरैदेखि नै श्रद्धालुहरू लामो लाइनमा बसेर भगवान शिवको पूजा तथा दर्शन गरिरहेका छन् । भक्तजनको सहज व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ ।

    सनातन हिन्दु परम्पराअनुसार साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा, व्रत, जप, तप तथा दान–पुण्य गर्ने चलन रहिआएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar