स्वर्ण वर्षको अवसरमा भदौ ९ देखि १४ सम्म ‘१८औँ नाडा अटो शो २०२६’, अग्रिम टिकटमा ५० प्रतिशत छुट

  • कालिका खवर
  • बिहिबार, साउन २१, २०८३
  • काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५०औँ स्वर्ण वर्षको अवसरमा ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। प्रदर्शनी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

    स्वर्ण वर्षलाई विशेष बनाउने उद्देश्यले नाडाले डिजिटल टिकट खरिद गर्ने अवलोकनकर्ताका लागि ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुट घोषणा गरेको छ। यो अफर खल्तीसँगको सहकार्यमा ल्याइएको हो।

    नाडाका अनुसार खल्ती एपमार्फत वा आधिकारिक क्यूआर कोड स्क्यान गरेर अग्रिम टिकट खरिद गर्नेहरूले साधारण (जनरल) तथा विद्यार्थी दुवै श्रेणीका टिकटमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। आयोजकले यो सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध हुने भएकाले समयमै टिकट खरिद गर्न आग्रह गरेको छ।

    यस वर्षको अटो शोमा विद्युतीय (ईभी) तथा इन्धनबाट चल्ने दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन, अत्याधुनिक अटो प्रविधि, स्पेयर पार्ट्स, लुब्रिकेन्ट, वित्तीय सेवा तथा बिमा सेवासम्बन्धी स्टलहरू रहनेछन्।

    नाडाले आफ्नो ५० वर्षे यात्रालाई उत्सवका रूपमा मनाउँदै नयाँ प्रविधि र अटोमोबाइल क्षेत्रका पछिल्ला विकासबारे जानकारी लिन अटोप्रेमी, युवा तथा विद्यार्थीलाई प्रदर्शनी अवलोकन गर्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar