स्काईलाईन इन्फ्राले आईपीओ निष्काशन गर्न हिमालय सेक्युरिटिजसँग सम्झौता

  • कालिका खवर
  • बिहिबार, भदौ १२, २०८२
  • काठमाडौं । स्काईलाईन इन्फ्रा लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन गर्न लागेको छ। यसका लागि कम्पनीले हिमालय सेक्युरिटिज बैंकर लिमिटेडसँग शेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्झौता गरेको हो।

    सम्झौताले स्काईलाईन इन्फ्रालाई नयाँ व्यवसायिक यात्रा सुरु गर्न तथा कम्पनी विस्तारमा थप सहयोग पुग्ने कम्पनीले जनाएको छ।

    सम्झौता हस्ताक्षर कार्यक्रममा स्काईलाईन इन्फ्राका तर्फबाट संस्थापक तथा पदाधिकारीहरु—राजेश अग्रवाल, सत्यनारायण केयल, सुभाष अग्रवाल, विनोद श्रेष्ठ, अध्यक्ष प्रतीक अग्रवाल, सञ्चालक आकृति अग्रवाल, सञ्चालक अंकुर भंगर अग्रवाल, प्रमुख वित्त अधिकृत सञ्जय रौनियार लगायत सहभागी थिए। सो अवसरमा वडा नं. १० कार्यालय, वीरगञ्ज म.न.पा.का अध्यक्ष सुशिल कुमार कानु, लेखापरीक्षक सिद्धान्त झुन्झुन्वाला तथा कानूनी सल्लाहकार कमलमोहन पोखरेल पनि उपस्थित थिए। हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकको सहभागिता थियो।

    हिमालय सेक्युरिटिज बैंकर लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकर संस्था हो, जसले मर्चेन्ट र इन्भेष्टमेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    स्काईलाईन इन्फ्रा लिमिटेड सरोवर पोर्टिको ब्राण्ड अन्तर्गत चारतारे होटलको रुपमा सञ्चालन हुँदै आएको छ। यस होटलमार्फत बैंक्वेट हल, अन्तर्राष्ट्रिय चेन रेष्टुरेन्ट, स्विमिङ पुल, स्पा, क्यासिनो, र क्युएफएक्स सिनेमा हलजस्ता सेवा प्रदान हुँदै आएका छन्। कम्पनीको दाबी अनुसार यसले स्थानीयवासीसहित आन्तरिक तथा बाह्य पर्यटकलाई विश्वस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar