रसुवामा प्रसारण लाइनमा समस्या, चिलिमे जलविद्युत् उत्पादन बन्द

  • कालिका खवर
  • शनिबार, भदौ १४, २०८२
  • रसुवा । राष्ट्रिय प्रसारण लाइनमा समस्या देखिएपछि चिलिमे जलविद्युत् केन्द्रबाट विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ । कालिका गाउँपालिका–१ ग्राङ नजिक प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन रोक्नुपरेको चिलिमे जलविद्युत् कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार प्रभावित टावर मर्मतका लागि काठमाडौँबाट प्राविधिक टोली रसुवा प्रस्थान गरिसकेको छ । टावर मर्मत कार्य सम्पन्न भएसँगै आजै साँझसम्म उत्पादन पुनःसञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

    उत्पादन अवरुद्ध भएपछि स्थानीय क्षेत्रमा समेत विद्युत् आपूर्तिमा असर परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar