राष्ट्रिय वाणिज्य, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षले दिए राजीनामा

  • कालिका खवर
  • बिहिबार, बैशाख २४, २०८३
  • काठमाडौं । सरकारी स्वामित्वमा रहेका तीन वटै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । आज राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् ।

    राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा बुझाएका छन् ।

    अध्यादेशले उनीहरूलाई नछोए पनि सरकारले राजीनामाका लागि दबाव दिएपछि तीनै जनाले राजीनामा बुझाएका बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar