राजीनामा दिएर रास्वपा पार्टी कार्यालय पुगे बालेन

  • कालिका खवर
  • आइतवार, माघ ४, २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थली पुगेका छन् ।

    साहले आजैदेखि लागू हुनेगरी उपमेयर सुनिता डङ्गोललाई राजीनामा बुझाएर वनस्थलीस्थित रास्वपा पार्टी कार्यालय पुगेका हुन् । पार्टी कार्यलय प्रवेशको क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले बालेनलाई स्वागत गरेका छन् ।

    बालेन रास्वपाको वरिष्ठ नेताको रुपमा आज बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् । बैठक सकिए लगत्तै बालेन, सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरू साँझ मधेश प्रदेशको राजधानी जनकपुर जाने कार्यक्रम रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar