पूर्वमन्त्रीहरूको पहलमा नयाँ नागरिक अभियान घोषणा हुँदै

  • कालिका खवर
  • सोमवार, अशोज १९, २०८३
  • काठमाडौं । पूर्वमन्त्री सुरेन्द्र पाण्डे, हृदयेश त्रिपाठी र दीपकुमार उपाध्यायलगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा हुने भएको छ।

    अभियान घोषणा गर्न सोमबार दिउँसो ३ बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा भेला आयोजना गरिएको छ। आयोजकका अनुसार उक्त अभियानलाई गैरराजनीतिक तथा नागरिक समाजको पहलका रूपमा अघि बढाइनेछ।

    अभियानको पहलमा पूर्वमन्त्रीहरूसँगै नागरिक समाजका विभिन्न व्यक्तिहरू पनि सहभागी रहेको बताइएको छ। अभियानमा अरुणकुमार सुवेदी र सर्वेन्द्रनाथ शुक्लसमेत सहभागी छन्।

    आयोजकका अनुसार नागरिक तहबाट उठेका विभिन्न सवाल तथा समसामयिक विषयलाई केन्द्रमा राख्दै अभियानलाई अघि बढाउने तयारी गरिएको छ। सोमबार हुने घोषणा कार्यक्रममा अभियानको उद्देश्य, संरचना, आगामी कार्यदिशा तथा प्राथमिकताबारे थप जानकारी सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

    नयाँ अभियानमा विभिन्न क्षेत्रका नागरिक तथा सार्वजनिक व्यक्तित्वहरूलाई जोड्ने तयारीसमेत भइरहेको बताइएको छ। अभियानले आफूलाई राजनीतिक दलभन्दा अलग राख्दै नागरिक समाजको साझा पहलका रूपमा प्रस्तुत गर्ने आयोजकहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar