पृथ्वी राजमार्गअन्तर्गत धादिङमा सुख्खा पहिरो, दुईतर्फी सडक अवरूद्ध

  • कालिका खवर
  • सोमवार, भदौ १, २०८३
  • काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्डको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा सुख्खा पहिरो खस्दा दुईतर्फी रुपमा सडक अवरुद्व भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार बिहान पौने ६ बजेतिर खसेको सुक्खा पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको जनाएको हो ।

    प्रहरीका अनुसार निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो खसेर सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको लामो जाम लागेको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट गएको प्रहरीको टोलीले पहिरो हटाएर यातायात सञ्चालनको प्रयास गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar