नाइमा एक्स्पोमा प्रोटोनका दुई विद्युतीय एसयूभीले ताने ग्राहकको ध्यान

  • कालिका खवर
  • आइतवार, साउन ३१, २०८३
  • काठमाडौं । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका दुई विद्युतीय एसयूभीले दर्शक तथा ग्राहकको उल्लेख्य ध्यान आकर्षित गरेका छन्।

    एक्स्पोको हल ‘बी’स्थित स्टल नम्बर एल–६ मा प्रदर्शनमा राखिएका नयाँ प्रोटोन इ.मास ५ र गत वर्ष सार्वजनिक गरिएको इ.मास ७ अवलोकन गर्न ग्राहकको भीड लागेको जगदम्बा मोटर्सले जनाएको छ। ग्राहकहरूले दुवै गाडीका विशेषता, मूल्य, स्वामित्व तथा बुकिङ विकल्पबारे जानकारी लिएका थिए।

    सहरी प्रयोगलाई लक्षित गरी तयार गरिएको प्रोटोन इ.मास ५ रियर–ह्विल ड्राइभ प्लेटफर्ममा आधारित कम्प्याक्ट विद्युतीय एसयूभी हो। यसमा स्मार्ट स्टोरेज, १४.६ इन्चको फुल एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, भेहिकल–टु–लोड (भीटुएल) प्रविधि र जी–ट्र्याक्सन कन्ट्रोल सिस्टमलगायत सुविधा उपलब्ध छन्।

    इ.मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार यसको मूल्य क्रमशः ३२ लाख ९९ हजार रुपैयाँ र ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

    त्यस्तै, प्रोटोन इ.मास ७ ठूलो आकारको विद्युतीय एसयूभी हो। फराकिलो स्पेस, उच्च प्रदर्शन तथा लामो दूरीको यात्रालाई लक्षित गरिएको यस गाडीको प्राइम भेरियन्टमा १६० किलोवाटको विद्युतीय मोटर र ४९.५२ किलोवाट–आवरको एलएफपी ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले डब्लुएलटीपी मापदण्डअनुसार करिब ३४५ किलोमिटर रेन्ज प्रदान गर्छ।

    इ.मास ७ मा एडीएएस प्रविधि र १५.४ इन्चको डिस्प्ले उपलब्ध छ। यो पनि ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसको मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ।

    नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला यी दुई मोडलले फरक–फरक ग्राहक वर्गलाई लक्षित गरेको जगदम्बा मोटर्सको भनाइ छ। कम्पनीले इ.मास ५ लाई दैनिक सहरी प्रयोगका लागि र इ.मास ७ लाई पारिवारिक तथा लामो दूरीको यात्राका लागि उपयुक्त एसयूभीका रूपमा प्रस्तुत गरेको छ।

    साउन २६ देखि ३१ गतेसम्म आयोजना भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा जगदम्बा मोटर्सले ग्राहकलाई दुवै गाडी प्रत्यक्ष अवलोकन गरी तिनका विशेषता र बुकिङ विकल्पबारे जानकारी लिन आग्रह गरेको थियो।

    एक्स्पोमा प्रोटोनको स्टल अवलोकन गर्न छुटेका ग्राहकलाई कम्पनीले आगामी नाडा अटो शो २०२६ मा हल ४ स्थित स्टल नम्बर जी–१५ मा पुगेर गाडीको अनुभव लिन आग्रह गरेको छ। नाडा अटो शोमा थप आकर्षक अफर सार्वजनिक गर्ने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar