निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण

  • कालिका खवर
  • आइतवार, साउन ३१, २०८३
  • काठमाडौं । नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा ग्यास वितरण गरिएको छ । निगमका अनुसार आइतबार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो । ग्यास लिनका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।

    यस केन्द्रबाट नेपाल ग्यास, एचपी, सूर्य, सगर, एभरेष्ट, सुगम, एचटिसी, त्रिवेणी राजधानी र गिता कम्पनीका ग्यास वितरण गरिएको निगमले जनाएको हो । यस केन्द्रबाट अन्दाजी ३ हजार सिलिण्डरको हाराहारीमा वितरण गरिने नेपाल आयल निगमका सहजकर्ता रामचन्द्र पाण्डेले जानकारी दिए ।

    भक्तपुरको मध्यपुर थिमीमा आइतबार ग्यास वितरण गरिने सूचना पाएपछि सर्वसाधारण बिहान ४ बजेदेखि नै ग्यासको प्रतीक्षामा बसेका छन् । ग्यास पाउने आशामा बिहानैदेखि लाइनमा बसेर आफ्नो पालो कुर्न बाध्य भएको उनीहरुले गुनासो गरेका छन् । उनीहरुले अत्यवश्यकरुपमा रहेको ग्यास नागरिकले सहजरुपमा पाउन नसक्नुमा राज्यको कमजोरी रहेको भन्दै गुनासो गरेका छन् ।

    आइतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी बाट ग्यास वितरण गरिएको निगमले जनाएको छ । अत्यवश्यक हुनेले मात्र ग्यास लिन र स्टक नराख्नका लागि निगमले आग्रह समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar