पोखरामा यातायात महासंघको महाधिवेशन : दोस्रो दिन चुनावी सरगर्मी बढ्यो

  • कालिका खवर
  • सोमवार, बैशाख २८, २०८३
  • काठमाडौं ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ को सातौं राष्ट्रिय महाधिवेशन २७ गतेदेखि पोखरामा सुरु भएको छ। महाधिवेशनको दोस्रो दिन आज चुनावी माहोल थप तातेको छ।

    देशभरका ३८७ संस्थाबाट १५ सयभन्दा बढी मतदाता सहभागी रहेको महाधिवेशन तीन दिनसम्म चल्नेछ। अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्नेछ।

    अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला, हरिशरण केसीकेदार क्षेत्री बीच प्रतिस्पर्धा हुने चर्चा छ। प्रतिनिधिहरूबीच भेटघाट, छलफल र समर्थन जुटाउने गतिविधि तीव्र बनेसँगै पोखराको चुनावी माहोल निकै तातेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar