मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

  • कालिका खवर
  • सोमवार, बैशाख २८, २०८३
  • काठमाडौं । मोरङबाट प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । रतुवामाई नगरपलिका–२, घररुचोकस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलले आइतबार (वैशाख २७) राति २० लाख भारु बरामद गरेको हो ।

    ५०० दरका ४० बन्डल भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाले बरामद गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    उनका अनुसार, भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेकाहरूलाई शंका लागी जाँच गर्ने क्रममा त्यसमा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही ठाउँमा फालेर भागेका थिए ।

    उक्त झोलाबाट बरामद भारु आवश्यक कारबाहीका निम्ति सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar