लिपुलेकमा भारतले नाका खोल्यो तर सरकार किन मौन छ ? : हर्क साम्पाङ

  • कालिका खवर
  • सोमवार, बैशाख २८, २०८३
  • काठमाडौं । श्रम संस्कृति पार्टी अध्यक्ष एवम् सांसद हर्क साम्पाङ राईले लिपुलेक क्षेत्रमा भारतले नाका खोलेकोप्रति संसदमा प्रश्न उठाएका छन् ।

    सोमबार बसेको प्रतिनिधि सभा बैठकमा उनले लिपुलेकमा भारतले नाका खोलेर चलाईरहँदा किन मौन छ यो सरकार भन्दै प्रश्न गरेका हुन् ।
    ‘लिपुलेकमा भारतमा नाका खोलेर चलाइरहेको छ । तर सरकार किन मौन छ ?’ उनले प्रश्न गरे ।

    उनले नेपाली सेनालाई सीमा रक्षामा गर्नुको साटो सुकुम्बासी बस्तीमा दादागिरी देखाउँदै पठाएको आरोप लगाए ।

    उनले भने, ‘नेपाली सेनालाई सीमा रक्षामा पठाइयो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो ? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर सेनाको दुरुपयोग गरेर आफ्नै देश बचाउन नसक्नु, जनताको बस्तीमा आगो लगाउनुको कारण के हो ? त्यसको उत्तर चाहिन्छ ।’

    आज देश अभिभावकविहीन बन्न पुगेकाले लाखौं सुकुम्बासीलाई बेघर बनाएर रुवाउने वा आत्महत्या गर्न बाध्य गराउने सरकार असफल भइसकेको महसुस भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar