पोखरा स्कुल बस दुर्घटना : मृतक चारजनाको पहिचान खुल्यो

  • कालिका खवर
  • शुक्रबार, अशोज २३, २०८३
  • पोखरा । पोखरामा शुक्रबार बिहान स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकामध्ये चारजनाको पहिचान खुलेको छ । पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको ग२ख १४१७ नम्बरको बस दुर्घटनामा पर्दा पाँचजनाको मृत्यु भएको हो । जसमा मृत्यु हुनेमध्ये चारजनाको पहिचान खुलेको हो ।

    मृत्यु हुनेमा विद्यार्थीहरू १५ वर्षीया ममता तिवारी, करिब १४ वर्षीय अशिम कँडेल, १५ वर्षीय सुवेच्छा तिवारी र बसमा सवार पोखरा–२८ बस्ने ६५ वर्षीय बाबुराम तिवारी छन् । करिब १५ वर्षीया एक बालिकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar