पल्सरको २५ वर्ष: ‘माई पल्सर स्टोरी’ अन्तर्राष्ट्रिय अभियान सुरु, नेपालका राइडरलाई पनि अवसर

  • कालिका खवर
  • बुधबार, साउन २०, २०८३
  • काठमाडौं । बजाज ग्लोबलले पल्सर ब्रान्डको २५ वर्ष पूरा भएको अवसरमा ‘माई पल्सर स्टोरी’ नामक अन्तर्राष्ट्रिय अभियान सुरु गरेको छ। यस अभियानमार्फत नेपालसहित विभिन्न देशका पल्सर राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकलाई आफ्ना अनुभव र प्रेरणादायी कथा साझा गर्न आह्वान गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार नेपाल पनि यो विश्वव्यापी अभियानको हिस्सा बनेको छ। नेपाली राइडरहरूले आफ्नो पल्सरसँग जोडिएको यात्रा, अविस्मरणीय क्षण वा विशेष अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर पाउनेछन्।

    अभियानमा सहभागीहरूले भिडियो, संगीत, एआईमार्फत तयार गरिएको सामग्री वा अन्य कुनै सिर्जनात्मक माध्यमबाट आफ्नो कथा पेश गर्न सक्नेछन्। सामग्री जुनसुकै भाषामा भए पनि स्वीकार गरिनेछ। कम्पनीका अनुसार ‘२५ इयर्स अफ डेयरिङ द वर्ल्ड’ भन्ने अभियानको मूल भाव झल्किने सिर्जनात्मक सामग्रीलाई विशेष प्राथमिकता दिइनेछ।

    छनोट भएका उत्कृष्ट सामग्रीहरू पल्सरका अन्तर्राष्ट्रिय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्। साथै, प्रत्येक साताका विजेताले ५०० अमेरिकी डलर बराबरका उपहार प्राप्त गर्नेछन्। त्यस्तै, सहभागी प्रत्येक देशबाट एक–एक जना विजेताले पल्सर एनएस ४०० जेट मोटरसाइकल जित्ने अवसर पनि पाउनेछन्।

    अभियान सुरु भइसकेको छ र सेप्टेम्बर ४, २०२६ सम्म आवेदन दिन सकिनेछ। सहभागी हुन इच्छुक राइडरहरूले आफ्नो पल्सरसँग जोडिएको अनुभव वा अविस्मरणीय राइडिङ क्षण सामाजिक सञ्जालमा #MyPulsarStory ह्यासट्याग प्रयोग गर्दै @mypulsarofficial र @pulsarnepal लाई ट्याग गरी अभियान अवधिभित्र पोस्ट गर्नुपर्नेछ।

    कम्पनीका अनुसार यो अभियान केवल मोटरसाइकलको वार्षिकोत्सव मात्र नभई पल्सरलाई विश्वभर लोकप्रिय बनाउन योगदान पुर्‍याएका राइडरहरूको साहस, यात्रा, अनुभव र समुदायलाई सम्मान गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar