फोनपेको ‘चेकआउट बाई फोनपे’ जीवीमा एकीकृत, २० प्रतिशत क्यासब्याक अफर

  • कालिका खवर
  • मङ्लबार, भदौ २, २०८३
  • काठमाडौं । फोनपेले जीवीसँग साझेदारी गर्दै ‘चेकआउट बाई फोनपे’ सेवा जीवीको अनलाइन प्लेटफर्ममा एकीकृत गरेको छ। यससँगै जीवीका ग्राहकले अनलाइन खरिद गर्दा छिटो, सरल र सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन्।

    यस एकीकरणपछि जीवीमा सामान खरिद गर्ने ग्राहकले भुक्तानीका क्रममा ‘चेकआउट बाई फोनपे’ छनोट गरी सहभागी मोबाइल बैंकिङ एपमार्फत भुक्तानी पूरा गर्न सक्नेछन्। यसले सामान छनोटदेखि भुक्तानीसम्मको सम्पूर्ण प्रक्रियालाई थप सहज बनाउने कम्पनीको भनाइ छ।

    सेवा सुरुवातको अवसरमा फोनपे र जीवीले ग्राहकका लागि विशेष क्यासब्याक अफर पनि ल्याएका छन्। अफरअन्तर्गत ग्राहकले २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्, जसको अधिकतम सीमा ५०० रुपैयाँ रहेको छ। यो अफर अगस्ट १८ देखि अगस्ट ३१, २०२६ सम्म लागू हुनेछ।

    फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले जीवीसँगको एकीकरणले अनलाइन किनमेल गर्ने ग्राहकका लागि थप सरल र सहज भुक्तानी अनुभव उपलब्ध गराउने बताए। उनका अनुसार नेपालको बढ्दो विद्युतीय व्यापार क्षेत्रमा डिजिटल भुक्तानीलाई थप सहज र सुविधाजनक बनाउने फोनपेको प्रयासअन्तर्गत यो साझेदारी महत्वपूर्ण कदम हो।

    फोनपेका अनुसार जीवीसँगको एकीकरण नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने निरन्तर प्रयासको हिस्सा हो। नवीन भुक्तानी समाधानमार्फत थप व्यापारी, वित्तीय संस्था तथा विद्युतीय व्यापारिक मञ्चलाई जोड्दै अनलाइन कारोबारलाई छिटो, सरल र सहज बनाउने लक्ष्य फोनपेले लिएको छ।

    कम्पनीले थप व्यापारी, वित्तीय संस्था तथा विद्युतीय व्यापारिक मञ्चमा ‘चेकआउट बाई फोनपे’ विस्तार गर्दै देशभरका ग्राहकलाई सुरक्षित, सहज र निर्बाध डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar