पेट्रोलियम मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको राँके जुलुससहित प्रदर्शन

  • कालिका खवर
  • मङ्लबार, बैशाख ८, २०८३
  • काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध संयुक्त विद्यार्थी संगठनहरूले राजधानीको प्रदर्शनी मार्ग क्षेत्रमा राँके जुलुससहित प्रदर्शन गरेका छन्।

    विभिन्न दलनिकट विद्यार्थी संगठनहरूको सहभागितामा भएको उक्त प्रदर्शनमा पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउनुपर्ने माग गरिएको थियो। प्रदर्शनकारीहरूले मूल्यवृद्धिले जनजीवन प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

    प्रदर्शनका क्रममा सहभागीहरूले सस्मित पोखरेलको राजीनामा समेत माग गरेका छन्। उनीहरूले नीतिगत असफलताका कारण आम नागरिक मारमा परेको आरोप लगाएका थिए।

    प्रदर्शनी मार्ग क्षेत्रमा भएको प्रदर्शनका कारण केही समय यातायातसमेत प्रभावित भएको थियो। प्रदर्शनकारीहरूले आफ्नो माग सम्बोधन नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar