रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको अस्वीकार

  • कालिका खवर
  • मङ्लबार, बैशाख ८, २०८३
  • काठमाडौँ । रवि लामिछानेविरुद्ध दायर गरिएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

    सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेश गरेको उक्त रिट निवेदन दरपीठ गर्दै दर्ता गर्न नमिल्ने निर्णय गरेको हो। अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सो जानकारी दिएका छन्।

    प्रवक्ता कोइरालाका अनुसार निवेदन कानुनी मापदण्डअनुसार नपुगेकाले दरपीठ गरिएको हो। दरपीठ आदेशअनुसार उक्त निवेदन औपचारिक रूपमा दर्ता प्रक्रियामा प्रवेश गर्न पाएको छैन।

    यस निर्णयसँगै लामिछानेविरुद्धको उक्त रिट तत्कालका लागि अघि नबढ्ने भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar