केरा किसानको मूल्य असमानताबारे ज्ञानेन्द्र शाहीको प्रधानमन्त्रीलाई खुलापत्र

  • कालिका खवर
  • मङ्लबार, बैशाख ८, २०८३
  • काठमाडौँ । ज्ञानेन्द्र शाहीले केरा किसानले भोगिरहेको मूल्य असमानताप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई खुलापत्र लेखेका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता शाहीले केराको बजार मूल्य र किसानले पाउने मूल्यबीचको ठूलो अन्तर अन्त्य गर्न तत्काल कदम चाल्न आग्रह गरेका हुन्।

    सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको खुलापत्रमा उनले बजारमा केरा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म बिक्री भइरहँदा किसानले भने केवल ७० देखि ८५ रुपैयाँ मात्र पाउनु अत्यन्तै दुःखद अवस्था भएको उल्लेख गरेका छन्।

    ‘उत्पादन गर्ने किसानले न्यूनतम लाभ पनि नपाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने अवस्था अन्यायपूर्ण छ,’ उनले खुलापत्रमा लेखेका छन्।

    शाहीले किसान र उपभोक्ता दुवैलाई न्याय हुने गरी मूल्य प्रणालीमा सुधार गर्न सरकारसँग माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar