पार्टी जिम्वालको मौजा होईन : गोकुल बास्कोटा

  • कालिका खवर
  • आइतवार, भदौ ७, २०८३
  • काठमाडौँ : नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टी सञ्चालन पद्धति र नेपालको वामपन्थी आन्दोलनको वर्तमान अवस्थालाई लिएर कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा बास्कोटाले लेखेका छन्, “पार्टी जिम्वालको मौजा होइन, कसले बोल्न पाउँछ र कसले पाउँदैन भन्न।”

    उनले नेतृत्व तहमा रहनेहरूको प्रवृत्तिमाथि प्रश्न उठाउँदै आफू कमजोर हुँदा अधिकारको कुरा गर्ने र बलियो भएपछि अरूको आवाजलाई ‘अराजकता’ देख्ने प्रवृत्ति सदाबहार सत्य बनेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, “नेपालका वामपन्थी पार्टीहरू चाहिँ ठ्याक्कै २०१७–०२७ को हालतमा पुगेका छन्, क्रसरोड मा उभिएको यात्री झैँ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar