प्रतितोला दुई हजार रूपैयाँले घट्यो सुनको मूल्य

  • कालिका खवर
  • शुक्रबार, पुस ४, २०८२
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रूपैयाँले घटेर दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ ।

    बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७५ रूपैयाँले घटेर चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar