ओमानमा डुङ्गा पल्टिँदा तीन फ्रान्सेली पर्यटकको मृत्यु

  • कालिका खवर
  • मङ्लबार, माघ १३, २०८२
  • मस्कट । ओमानको राजधानी मस्कट नजिकै डुङ्गा पल्टिँदा तीन फ्रान्सेली पर्यटकको डुबेर मृत्यु भएको छ । रोयल ओमान प्रहरीले मंगलबार बताएको भन्दै अल जजिराले समाचार छापेको छ ।

    प्रहरीका अनुसार डुङ्गामा २५ जना फ्रान्सेली पर्यटक, एक जना टुर गाइड र क्याप्टेन सवार थिए । डुङ्गा गल्फ अफ ओमानमा सुल्तान काबुस पोर्टबाट करिब २ दशमलव ५ माइल टाढा पल्टिएको हो ।

    यस घटनामा तीन जनाको मृत्यु र दुई जना सामान्य घाइते भएको बताइएको छ । डुङ्गा कसरी पल्टियो भनेर पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले एउटा छोटो विज्ञप्तिमा भनेको छ । फ्रान्सको परराष्ट्र मन्त्रालयले अहिलेसम्म यस घटनामा कुनै टिप्पणी गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar