नख्खु कारागारबाट भागेका कैदी बैतडीमा पक्राउ

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ १, २०८३
  • बैतडी । नख्खु कारागार काठमाडौँबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ । बैतडीको पुर्चाैंडी नगरपालिका–७ काफलीका ४७ वर्षीय नरेन्द्रसिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

    इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले आज बिहान २ः५० बजे घरबाटै नियन्त्रणमा लिएको हो।

    रतोकी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका थिए। उनलाई जबर्जस्ती करणी र डाँकाचोरी मुद्दामा १७ वर्ष छ महिना कैद सुनाइएको थियो। पक्राउ परेका रतोकीलाई डडेल्धुरा कारागार पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar