नेविसंघ अब कांग्रेसको भातृसंस्थाको रुपमा नरहने

  • कालिका खवर
  • शनिबार, चैत्र ७, २०८२
  • काठमाडौं : नेपाल विद्यार्थी संघ अब नेपाली कांग्रेसको भातृसंस्थाको रुपमा नरहने भएको छ । नेविसंघले कार्यगत स्वायत्ततासम्बन्धी पारित गरेको छ । नेविसंघको शुक्रबार त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा सम्पन्न सिनेट बैठकले नेविसंघलाई अब पार्टीको भ्रातृसंस्थाका रुपमा नभई विद्यार्थीहरुको हिताग्रही संस्थाका रुपमा रहने निर्णय गरेको हो ।

    संघका अध्यक्ष दुजाङ शेर्पाले नेपाली कांग्रेसको सिद्धान्त र नीतिप्रति आस्था रहेपनि पार्टीको प्रत्यक्ष प्रभाव र प्रणालीभित्र नरहने गरी नेविसंघले कार्यगत स्वायत्ततासम्बन्धी प्रस्ताव पारित गरेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनकाअनुसार सिनेट बैठकको निर्णयले नेविसंघलाई स्वायत्त र स्वचालित संस्थाका रुपमा स्थापित गरेको उनले बताए ।

    उनले भने,‘बदलिदो समय अनुसार विद्यार्थी आन्दोलनमा पनि सुधार जरुरी रहेको महसुस गरेकै थियो । सिनेट बैठकले नेविसंघमा संस्थागत सुधारको ढोका खुलेको छ । अब पार्टीप्रति सैद्धान्तिक समर्थन रहेपनि कार्यप्रणाली स्वायत्त बनाउने निर्णय गरेका छौं।’ संघको १२औं महाधिवेशन भने आगामी ०८३ को बैशाख २० र २१ गते गर्ने प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar