नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९६.९२ प्रतिशतले घट्यो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नाफा भारी गिरावट आएको छ। बैंकको त्रैमासिक वित्तीय विवरण अनुसार, तीन महिनामा बैंकको नाफा साढे ४ करोड रुपैयाँमा सिमित भएको छ।

    गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ थियो। यस आधारमा बैंकको नाफा ९६.९२ प्रतिशतले घटेको हो।

    समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी पनि घटेको छ। असोज मसान्तसम्म बैंकको सञ्चालन मुनाफा १५ करोड २ लाख रुपैयाँ र खुद ब्याज आम्दानी ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ रहेको छ।

    गत आवको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ९ करोड ४१ लाख र खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोड ६७ लाख रहेको थियो।

    यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा पनि ऋणात्मक १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ रहेको छ। खराब कर्जा (NPL) ५.८२ प्रतिशतबाट बढेर ६.६३ प्रतिशत पुगेको छ।

    बैंकको प्रतिशेयर आम्दानी (EPS) १७.१६ रुपैयाँबाट घटेर ०.५३ रुपैयाँ मा झरेको छ भने प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ कायम छ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ। बैंकको जगेडा कोष ऋणात्मक १ अर्ब १६ करोड रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar