नेपाल एसबीआई बैंकका नयाँ अध्यक्ष वेंकट वंसीधर कुंचाले ग्रहण गरे पद तथा गोपनीयताको शपथ

  • कालिका खवर
  • आइतवार, कार्तिक १६, २०८२
  • काठमाडौं । नेपाल एसबीआई बैंकका सञ्चालक समिति अध्यक्षमा नियुक्त वेंकट वंसीधर कुंचाले आइतबार पद तथा गोपनीयताको शपथ लिएको छ।

    गत शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले कुंचालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। उनी स्टेट बैंक अफ इण्डियाबाट प्रतिनिधित्व गर्दै नेपाल एसबीआई बैंकको सञ्चालक समितिमा सहभागी छन्।

    कुंचाले आइतबार नेपाल राष्ट्र बैंक पुगेर गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट शपथ ग्रहण गरेका हुन्। कुंचा हाल स्टेट बैंक अफ इण्डियाको मुम्बईस्थित अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य–महाप्रबन्धकका रूपमा कार्यरत छन् र एसबीआईको २९ देशमा विस्तार भएको अन्तर्राष्ट्रिय व्यवसाय सम्बन्धी गतिविधि हेर्ने जिम्मेवारीमा छन्।

    शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सीना र बमबहादुर मिश्र, कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, का.मु. कार्यकारी निर्देशक राजनविक्रम थापा, निर्देशक राजेन्द्र भट्टराई, ईश्वरीप्रसाद भट्टराई र शरणकुमार अधिकारी सहभागी थिए।

    त्यस्तै, नेपाल एसबीआई बैंकका सञ्चालक रितेश सिन्हा, भरतराज वस्ती, अप्सरा उप्रेती र डा. गोपालप्रसाद भट्टसहित अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

    बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा तथा बैंकका कम्पनी सचिव खगेश्वर भट्ट पनि कार्यक्रममा सहभागी रहेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar