नेपाल बिमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन

  • कालिका खवर
  • बिहिबार, भदौ १२, २०८२
  • काठमाडौं । नेपाल बिमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी रहेका छन् भने सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञतर्फ डा. खोमराज खरेल मनोनयन भएका छन्।

    भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको गठन गर्ने निर्णय गरेको हो। बीमा प्राधिकरणको अध्यक्ष पद रिक्त भएपछि नयाँ नेतृत्व चयन गर्न समिति गठन गरिएको सरकारका प्रवक्ताले जानकारी दिए।

    गत फागुनमा नियुक्त भएका तत्कालीन अध्यक्ष शरद ओझालाई सरकारले साउनमा पदमुक्त गरेको थियो। त्यसयता खाली रहेको अध्यक्ष पदमा नयाँ नियुक्ति गर्न सरकार अघि बढेको हो।

    समितिले योग्य उम्मेदवारको नाम सिफारिस गर्नेछ। त्यसपछि सरकारले प्रक्रिया पूरा गरी बिमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्त गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar