नेपाल भित्रियो चेरी क्यू, नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुँदै

  • कालिका खवर
  • आइतवार, साउन २४, २०८३
  • काठमाडौं । चिनियाँ अटोमोबाइल दिग्गज चेरीको बहुप्रतीक्षित इलेक्ट्रिक क्रसओभर एसयूभी चेरी क्यू नेपाल भित्रिएको छ। नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चेरी क्यूलाई नेपाल ल्याएको हो।

    यही साउन २६ गतेदेखि काठमाडौंमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा चेरी क्यूलाई नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ। प्रिमियम क्रसओभर सेग्मेन्टमा विभिन्न आधुनिक प्रविधि र सुविधासहित आएको यो मोडलले नेपाली विद्युतीय सवारी बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा गरिएको छ।

    चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ। कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्छ। यसमा ८५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्टसमेत दिइएको छ।

    फास्ट चार्जिङमार्फत यसको ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १६ मिनेटमै चार्ज गर्न सकिने कम्पनीको दाबी छ। त्यस्तै, भेहिकल–टु–लोड (V2L) प्रविधिको सुविधा भएकाले गाडीको ब्याट्रीबाट बाहिरी विद्युतीय उपकरणसमेत सञ्चालन गर्न सकिन्छ।

    प्रविधि र सुविधाका हिसाबले पनि चेरी क्यू आकर्षक देखिन्छ। यसमा १५.६ इन्चको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ५४० डिग्री सराउण्ड क्यामेरा लगायतका सुविधा छन्। त्यस्तै, करिब २० वटा सुरक्षा फिचरसहितको एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) उपलब्ध रहेको कम्पनीले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा विभिन्न प्रतिष्ठित अवार्डसमेत प्राप्त गरिसकेको चेरी क्यूले नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक क्रसओभर एसयूभीको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको छ।

    उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, १,४५० लिटरसम्म विस्तार गर्न सकिने बुट स्पेस तथा पावरफुल रियर–ह्विल ड्राइभ सिस्टमका कारण चेरी क्यू शहरको दैनिक आवतजावतसँगै लामो दूरीको यात्राका लागि पनि उपयोगी हुने अपेक्षा गरिएको छ।

    नाइमा मोबिलिटी एक्स्पो २०२६ मा चेरी क्यू औपचारिक रूपमा सार्वजनिक भएपछि यसको नेपाली बजार मूल्य, भेरियन्ट तथा बिक्रीसम्बन्धी थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar