नारायणी डेभलपमेन्ट बैंकका अवितरित हकप्रद शेयर लिलाममा, मंसिर २५ सम्म बोलपत्र बुझाउन सकिने

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म जारी गरेको हकप्रद शेयर बाँडफाँड गर्दा बाँकी रहेका ६ लाख २१ हजार ६०६ कित्ता शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो।

    लिलामीमा राखिएका शेयरमध्ये संस्थापक समूहमुखी ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहमुखी १८ हजार ४४४ कित्ता रहेका छन्। दुवै समूहका शेयर सबैका लागि खुला गरी लिलाम प्रक्रियामा बिक्री गर्न लागिएको बैंकले जनाएको छ। प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ।

    लिलामीमा सहभागी हुन बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ता र बढीमा उपलब्ध सम्पूर्ण शेयरसम्म माग गर्न सकिनेछ। बोलपत्र मंसिर ११ गतेदेखि २५ गतेभित्र बुझाउनुपर्नेछ।

    बोलपत्र फाराम ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल तथा ग्लोबल आइएमई बैंकका विराटनगर, वीरगञ्ज (आदर्शनगर), हेटौंडा, नारायणगढ, न्यूरोड–पोखरा, वुटवल–मिलनचोक, सुर्खेत र धनगढी शाखा कार्यालयहरूमा उपलब्ध हुनेछन् र त्यहीं बुझाउन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar