‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’का लागि स्टल बुकिङ खुला

  • कालिका खवर
  • बुधबार, जेष्ठ ६, २०८३
  • काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले यस वर्ष आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’का लागि बुधबारदेखि स्टल बुकिङ खुला गरेको छ। आयोजकका अनुसार एक्स्पोमा सहभागी हुन इच्छुक व्यवसायी तथा कम्पनीहरूले आगामी जेठ १९ गतेभित्र स्टल बुकिङका लागि आवेदन दिइसक्नुपर्नेछ। अटोमोबाइल क्षेत्रको बृहत् कुम्भमेला मानिने यो एक्स्पो आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने तालिका सार्वजनिक गरिएको छ। विगतका वर्षहरूझैँ यस वर्ष पनि एक्स्पो काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमै आयोजना गरिने आयोजकले जनाएको छ। एक्स्पोमार्फत नेपालको अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, अत्याधुनिक सवारी साधन तथा आधुनिक मोबिलिटी समाधानहरू एकै स्थानमा अवलोकन गर्न सकिने अपेक्षा गरिएको छ। आयोजक संस्थाका अनुसार एक्स्पोले विद्युतीय सवारी, दिगो यातायात, स्मार्ट मोबिलिटी तथा अटोमोबाइल उद्योगसँग सम्बन्धित नवीनतम प्रविधिहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। साथै, यस कार्यक्रमले अटोमोबाइल व्यवसायी, उत्पादक, वितरक तथा उपभोक्ताबीच प्रत्यक्ष अन्तरक्रिया र व्यावसायिक अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar